गुठी विधेयक अहिलेको आवश्यकता हो, यो फेरि आउँछ – सांसद राई

असार २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्ण राईले गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फेरि आउने बताएका छन्।

नेकपा संसदीय दलको शनिबार बसेको बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सत्ताधारी दलका सांसद राईले गुठी विधेयक अहिले स्थगन मात्रै भएको हो, यो नआइ हुँदैनु भनेका हुन्। गुठी विधेयकलाई लिएर काठमाडौंमा व्यापक प्रदर्शन भएपछि सरकारले फिर्ता लिएको घोषणा गरेको थियो। प्रदर्शनले उग्र रूप लिने र त्यसमा ठूलो क्षति हुने संकेत पाएपछि सरकारले असार ३ गते उक्त विधेयक फिर्ता लिएको थियो। सांसद राईले पनि गुठी विधेयकका नाममा भएको प्रदर्शनमा अप्रिय क्षति हुने देखेपछि तत्कालका लागि स्थगित गरिएको जानकारी दिए। उनले भने, गुठी विधेयकलाई लिएर भएका प्रदर्शनबाट हुने बाइप्रोडक्टुबारे आँकलन गरेर फिर्ता गरिएको हो। काठमाडौंका गुठी र देशका अन्य ठाउँमा रहेका गुठीका परिवेश फरक छन्। सबैलाई सम्बोधन गर्नुपर्छ। विधेयक आउँदैमा कानुन बनेको जस्तो गरी प्रदर्शन भएको प्रति सांसद राईले असन्तुष्टि जनाए।

उनले भने, विधेयक बन्दैमा कानुन बन्दैन। हामी त कानुन निर्माता हौँ, विधेयक कानुन बन्दा धेरै प्रक्रिया पार गर्नुपर्छ। विधेयकलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न सकिन्छ कि भनेर सरकारलाई विगतमा सरकारमा रहेकाहरूले र राजतन्त्र नजिकको शक्तिले गुठी विधेयकलाई प्रयोग गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.