‘वालेट एटीएम’ जस्तो एकताविरुद्ध दोलखाका वाम युवाहरुको संघर्ष

असार २१, काठमाडौँ दोलखा जिल्लाबाट तत्कालीन माओवादी केन्द्रका ५ जना केन्द्रीय आयोजक समिति सदस्यहरुको नेतृत्वमा जिल्ला सचिवालय सदस्य र जिल्ला कमिटी सद्स्यहरुको भेटघाट र छलफल सम्पन्न भएको छ ।

छलफलले दोलखाको बामपंथी आन्दोलनकै ईतिहासमा कम्युनिस्टहरुको आन्दोलनमाथी खिल्ली उडाउदै ब्यक्तिबादी झुंडहरुको समुह बनाई संगठन लाई ‘वालेट एटीएम’ जस्तो गरि एकता प्रक्रियामा बेथिति र बिधीरहित नेकपाको जिल्ला कमिटी निर्माण गरिएकोप्रति बिमती सहितको समिक्षा र अन्तरसंघर्षबारे ठोस निर्णय गरिएको समितिका संयोजक हेमबहादुर खड्काले जानकारी दिए ।

मैदान गैर बामपंथीहरु, दलाल र एजेण्टहरुको घेराबन्दीमा परेको र त्यो दलदलबाट निष्क्रिय पार्नेबारे प्रतिबद्ध सहित मैदानमा जाने निष्कर्षमा छलफल छ । पार्टीको रणनीति र कार्यनीतिलाई आत्मसात गर्दै, समाजबादी आन्दोलन र समृद्धिको मुख्य कार्यभारमा अहम भुमिकामा रहने प्रतिबद्धता सहित संघर्ष समितिले कार्य सम्पादन गर्ने खड्काले बताए । ईमान र निष्ठामाथी पटकपटक हमला र घेराबन्दी गरिने अराजक गतिविधिलाई परास्त गर्न नयाँ तयारी र छलफल जारी राख्ने गरि छलफल भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.