सर्पले टोकेर एक बालकको मृत्यु

असार १९, डोटी । डोटीमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका २ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रकहादुर बोगटीको सर्पले टोकेर ज्यान गएको हो ।

बिहीबार बिहान घरको आँगनमा बसेर पढिरहेका बेला उनलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार सर्पले टोकेपछि शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै बालकको ज्यान गएको हो ।

बुधवार पनि जिल्लाको शिखर नगरपालिका–२ कालागाढ बस्ने स्थानीय ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेका कारण ज्यान गएको थियो । समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको ज्यान गएको चिकित्सकहरुले बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.