बर्षाले आकाशको दिल तोडेर गएपछि ( भिडियो )

असार १७, काठमाडौँ । एउटा गीत राम्रो हुनुमा गायक , संगीतकार र गीतकार मध्य कस्को भुमिका बढी होला ? गीतका शब्द लेख्ने गीतकारको भुमिका बढी हुन्छ भन्ने कुरामा सायद कसैको दुईमत नहोला।

कुनै समय गायक मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर चिन्न थालेका छन। संगीत भरेर र गीत लेखेर राम्रो नाम र दाम कमाउन सकिने समय आएको छ। संगीत क्षेत्रको यहि परिवर्तन र आकर्षणले होला नयाँ पुस्ताका गीतकार र संगीतकारको आगमन दिनानुदिन हुँदै छ।

गीतकारका रूपमा सुरेन्द्र थेगिम नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘दिल तोडेर गयौ’ बोलको सेन्टिमेन्टल भर्सनको गीतको भिडियो सार्वजनिक गरेका छन। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ । संगीत नारायण सुवेदी ‘आभास’ को रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन।

प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई बर्षाको श्रीमानका रूपमा देखाइएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन। निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.