मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान

असार १७, हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा उहाँ सहभागी हुनुहुुने मुख्यमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलका साथमा उहाँकी धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले, सत्तारुढ नेकपाका जुनेली श्रेष्ठ, कञ्चन खनाल एवं मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात पदाधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी रहेको उक्त कार्यालयका लेखा प्रमुख देवीप्रसाद गौतमले राससलाई बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.