प्रहरीले दुई दिनमा एक लाख बिरुवा रोप्यो

असार १७, काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले दुई दिनमा झण्डै एक लाख विरूवा राेपेकाे छ । प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसर तथा सार्वजनिक स्थानमा गरी विभिन्न जातका ९९ हजार ५ सय २५ वटा बिरुवा रोपेको हो ।

नेपाल सरकारको ‘एक नागरिक एक फलफुल बिरुवा रोपण अभियान’ अन्तर्गत वातावरण संरक्षण गर्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका वन कार्यालय तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनसमुदायसँगको समन्वयमा सम्पूर्ण प्रहरी कार्यालय परिसरभित्र र बाहिर तथा सार्वजनिक स्थानमा गरी उक्त सङ्ख्यामा वृक्षारोपण गरिएको हो ।

नेपाल सरकारको उक्त वृक्षारोपण अभियानलाई नेपाल प्रहरीले उच्च महत्त्व दिएर एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल बिरुवा वृक्षारोपण गर्ने अभियान सहित सफल कार्यान्वयनका लागि सक्रिय रूपमा सहभागी भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.