राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

असार १५, काठमाडौँ । आर्थिक वर्ष २०७४÷७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गर्नुभएको हो ।उक्त बैठकमा नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपियाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सरकारले खर्च कटौतीे नीति लिइरहे पनि खानेपानी मन्त्रालयका पदाधिकारीका लागि पुनःइन्धनको व्यवस्था गरिएको भन्दै उहाँले यस्ता फजुल खर्च गर्न नहुने धारणा व्यक्त गर्नुभयो । सांसद देवकोटाले भन्नुभयो, “फजुल खर्च हुनुहुँदैन, मितव्ययिता हुनुपर्छ भन्दै अघिल्लो आर्थिक वर्षमा कटौती गरिएको इन्धन खर्च आगामी आर्थिक वर्षमा पुनःकायम गरिएको हुँदा उक्त शीर्षकको खर्च कटौती एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्दछु ।” उहाँले देशका धेरै ठाउँका बासिन्दा खानेपानीको समस्या झेल्न बाध्य भएको अवस्था चित्रण गर्दै विकास खर्च र पूँजीगत खर्चतर्फ ध्यान जानु जरुरी भएको प्रष्ट्याउनुभयो । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.