असार १४, काठमाडौँ । भारतीय मूलकी प्रिया सेरावले मिस युनिभर्स अस्ट्रेलियाको ताज आफ्नो नामको बनाएकी छिन ।
जैविक विविधता साथै बहु–सास्कृतिवादको बारीमा जागरुकता फैलाउँदै आइरहेकी सेरावले ताज जितेपश्चात उनको परिवारजान एवम आफन्तजनलाई खुसियाली मनाएका छन्। सिन्हुआ समाचार एजेन्सीको अनुसार, भिक्टोरिया राज्यको नीति सल्ल्हार २६ वर्षिया सेरावले शुक्रबारको राती मेलबर्न शहरमा दुई दर्जन भन्दा ज्यादा फाइनलिस्टलाई हराउँदै ताज आफ्नो बनाएकी हुन् । २६ प्रतियोगीहरुलाई हराएकी सेरावले बताइन, ” म अझ बढी गर्न चाहन्छु । तपाइँहरुलाई आश्चर्य लाग्नु स्वाभाविक हो, मेरो जस्तो पृष्ठभूमिबाट म यहाँ सम्म आइपुगेको छु ।”

उनले थप बताइन, ” यस भन्दा अगाडी मैले कुनै पनि सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएको छैन । भन्नैपर्दा, मैले मोडेलीङ पनि गरेको छैन । मोडेलीङ गर्न आउँदैन । यसकारण पनि यो मेरो लागि अपत्यारिलो कुरा हो ।” पश्चिम अस्ट्रेलियाको बेला कासिम्बा दोस्रो स्थान तथा और विक्टोरियन मैरिजाना रैडमैनोविक तेस्रो स्थानमा रहेका छन् । आगामी वर्ष दक्षिण कोरिया हुन् गइरहेको मिस युनिभर्स प्रतियोगीमा प्रिया सेरावले अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने छिन । स्मरण रहोस्, प्रियाको जन्म भारतीय राज्य कर्नाटकको बेलामनुमा भएको थियो । तर उनको बचपन ओमान र संयुक्त अरब अमीरात मा बित्यो । उनी ११ वर्षको उमेरमा अस्ट्रेलिया पुगेकी थिइन् । एजेन्सी

