बारको नयाँ नेतृत्वका लागि मतदान

असार १४, काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदिश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।(रासस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.