सिसडोलमा फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी

असार १३, काठमाडौँ । सिसडोल संघर्ष समितिले नुवाकोटको सिसडोल ‘डम्पिङ साइट’ वरपरको बस्तीलाई सरकारले अधिग्रहण गरेर स्थानान्तरण गर्न माग गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिका पदाधिकारीहरुले यस विषयमा सरकारसँग आफूहरुले पटक–पटक छलफल गरे पनि बेवास्ता गरेको गुनासो गरे । फोहोर व्यवस्थापनका लागि सरकारले तीन वर्षको सम्झौता गरे पनि १४ वर्ष बितिसक्दा पनि त्यसको विकल्प नखोजेको स्थानीयको भनाइ छ ।

सिसडोलमा थुपारेको फोहोरका कारण पशुपालन, बालीनाली केही लगाउन नसकेको भन्दै उनीहरुले स्वास्थ्य, पशु र बाली बिमा गरिदिन पनि माग गरे । स्थानीयहरुले आफूहरुको माग सरकारले पूरा नगरे सिसडोलमा फोहोर व्यवस्थापन गर्न नदिने चेतावनीसमेत दिएका छन् । स्थानीयको अवरोधपछि विगत चार दिनदेखि सिसडोलमा फोहोर फाल्ने काम ठप्प भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.