असार १३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार ढालिदिने चेतावनी दिएका छन । सरकारले लोकतन्त्र विरोधी गतिविधि नरोकेमा सरकार ढाल्ने चेतावनी दिएका हुन ।
शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरूले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरू कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिदै उनले भने, कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो । ओली सरकार ढाल्न कुनै समस्या छैन।
उनले वर्षौदेखी स्थानिय निकायमा कार्यरत कर्मचारीलाई स्थायी नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । सरकारका कारण राष्ट्रसेवक कर्मचारीले दुख पाइरहेको समेत सभापति देउवाले दाबी गरेका छन ।

