१२ बोरा अवैध जडिबुटीसहित १४ जना पक्राउ

असार १३, बाजुरा । बाजुरामा अवैध जडिबुटी सहित १४ जना पक्राउ परेका छन् । बुढिनन्दा नगरपालिका–५ बेरसैनबाट सेतक चिनी र कटुकी नामक १२ बोरा अवैध जडिबुटीसहित १४ जना पक्राउ परेका हुन् ।

बाजुरा बुढिनन्दा नगरपालिका–५ बेरसैनमा अबैध जडिबुटी लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त जडिबुटी सहित फेला पारी पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१० बस्ने ३८ वर्षीय गगन राना, बाँके नेपालगंज उपमहानगरपालिका–२ बस्ने जडीबुटी ठेकेदार ४५ वर्षीय नारद गिरी र बाजुरा बुढीनन्दा नगरपालिका–४ बस्ने २३ वर्षीय राम बहादुर रोकाया लगायत रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.