असार १३, काठमाडौं । प्रभु बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी नयाँदिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायत एल्डरसट सहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।
प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामक निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क कार्यालयबाट बैंकले सेवा प्रारम्भ गर्नेछ ।

