असार १३, एजेन्सी । महिला विश्वकप अन्तर्गतको खेलमा इंग्ल्यान्ड नर्वेमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सस्थित लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा जित निकाल्दै इंग्ल्यान्ड अन्तिम ४ मा पुगेको हो ।
इंग्ल्यान्डका लागि खेलको तेस्रो मिनेटमै जिल स्कटले गोल गरिन । योसँगै इंग्ल्यान्डले सुरुवाती अग्ता बनाएको थियो । ४०औं मिनेटमा निकिता पेरिसको पासमा एलेन ह्वाइटले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा २–० ले अघि बढेको थियो । नर्वेले इंग्ल्यान्डको बलियो डिफेन्स लाईनलाई तोड्न नसक्दा दुवै हाफमा गोल गर्न सकेन ।
लुसी ब्रन्जले ५७औं मिनेटमा बेथानी मिडको पासमा गोल गर्दै इंग्ल्यान्डको ३–० को अग्रता दिलाएकी थीन । ३ गोलको अग्रता नै इंग्ल्यान्डको निर्णायक गोल बन्यो । अब इंग्ल्यान्डले सेमिफाइनलमा फ्रान्स अथवा अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

