छोरी जन्मिए १० हजार, सुत्केरी भैंसीलाई भत्ता

असार १३, जाजरकोट । जुनीचाँदै गाउापालकाले अब छोरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएका छ। गाउँ पालिकाले सार्वजनिक गरेको २०७६र७७ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।

‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत साउन १ पछि गाउँपालिकाभित्र जन्मिने प्रत्येक छोरीको नाममा गाउँपालिकाले निःशुल्क बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने घोषणा गरेको छ।

यसै गरी, भैंसीपालन व्यवसायलाई प्रदर्द्धन गर्न ‘एक कृषक, एक भैंसीपालन’ कार्यक्रम सञ्चालन गरी सुत्केरी भैंसीलाई १६ सयका दरले प्रोत्साहन रकम दिने बजेटमा व्यवस्था छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.