केन्याका बारमा नेपाली चेलीको यस्तो चित्कार

असार १३, काठमाडौं । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे- ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन । यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन। सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ। सरकारको नजर पुगोस्।’उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन्। त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो। त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्।’

समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ, जो त्यहाँका गैरकानुनी रात्रि–क्लबमा नाचिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका नेपाली हुन्। त्यसको दायाँतिर हिरासतमा राखिएका एक विदेशी छन्, जो त्यस क्लबका सञ्चालक हुन्।केन्याको न्यालीस्थित न्यु रंगीला बारमा राति नाचिरहेका अवस्था प्रहरीले हालै छापा मारेर १२ नेपाली युवतीलाई पक्राउ गरेको हो। त्यसका सञ्चालक असिफ अमिराली अलिभाइ जेथालाई पनि गिरफ्तार गरी मुद्दा चलाएको छ।

थापाका अनुसार एक दशकभन्दा लामो समयदेखि नेपालबाट युवतीलाई लगी अवैध क्लबमा नचाउने गिरोह सक्रिय छ। ‘पाँच–छ वटा क्लबमा कम्तीमा सय नेपाली युवतीलाई यो पेसामा सामेल गराइएको अनुमान छ’, वर्षौंदेखि अफ्रिकामा बस्दै आएका उनले भने, ‘तिनीहरू ललाईफकाई ल्याइएका हुन्।’पक्राउ परेका युवतीहरूले बताएअनुसार उनीहरू काठमाडौं ठमेलका बारमा नाच्थे नेसनको समाचारमा ४ युवतीका मार्मिक पीडा समेटिएको छ। तीमध्ये एक युवती ७ सन्तानमध्ये जेठी हुन्।लगातार जन्मीरहेका भाइ–बहिनीलाई हेर्नुपर्ने बाध्यताले उनले ७ वर्षमै स्कुल छाडिन्। उमेर छिप्पिने र जिम्मेवारीले थिच्ने क्रममा नाचमा लागिन्।

काठमाडौं पुगेर बारमा नाच्दै केही कमाइरहेकी उनले अचानक एक एजेन्ट भेटिन्। विशाल नामको उक्त एजेन्टले भन्यो, ‘केन्या गयो भने धेरै कमाइ हुन्छ। फिल्ममा खेल्ने कलाकारको काम पाइन्छ। के गछ्र्यौरु’ विदेश सपना उनको पनि थियो। त्यसमाथि कलाकार बन्ने अवसर१ प्रलोभनमा परिन्। केही दिनमै उनको पासपोर्ट आयो। टिकट आइपुज्ञ्ो। गत वर्ष नोभेम्बर १२ मा केन्या पुगेकी उनलाई असिफले एयरपोर्टबाट लगे। एउटा अपार्टमेन्टमा राखे। र, नाच्ने काममा भर्ना गरे। पासपोर्ट खोसिएकी उनी यसरी फसिन्।न्यू रंगीला अत्यन्त महँगो डान्स क्लब हो। यहाँ सम्भ्रान्त र चिरपरिचित व्यक्ति मात्र छिर्न पाउँथे। बाहिर कुनै संकेत नभएको उक्त इलाकामा नचिनेको व्यक्ति जानै पाउँदैन थियो। त्यहाँ कार्यरत युवतीहरूलाई ग्राहकमार्फत यौन दुव्र्यहारसमेत गरेको पाइएको पत्रिकाले लेखेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.