असार १२, कञ्चनपुर । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख दुई लाख घुससहित पक्राउ परेका छन ।
कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तव दुई लाख रुपैयाँ घुससहित अखितयारको फन्दामा परेका हुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित उनको कार्यकक्षबाटै पक्राउ गरेको हो ।
श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएका थिए।

