असार ११, काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (बुधबार) चेन्नईयिन एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालको लिग च्याम्पियन क्लबले एन्फा कम्प्लेक्समा भारतको सुपर लिग क्लब चेन्नईयिनको सामना गर्ने भएको हो । दुबै टोलीबीचको खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ । एएफसी कपबाट बाहिरिसकेको मनाङ आजको खेलमा सान्तोना जितको खोजिमा हुनेछ ।
समूह इमा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा छ । घरेलु मैदानमा हुन लागेको समूह चरणको अन्तिम खेलमा जित निकाल्दै मनाङ प्रतियोगिताबाट बिदा लिन चाहन्छ । चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने प्रयासमा हुनेछ । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।

