प्रेसर नाप्नुअघि यी कुरामा ध्यान दिन आवश्यक

प्रेसर नाप्दा शरिर सिधा भएर बस्नु पर्छ। प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हुँदैन। प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ। प्रेसर नाप्नुअघि बाइक चलाएको हो वा सहवास गरिएको छ भने त्यसले पनि प्रभाव पार्छ।

सुरुमा बाथरुम जानुहोस्। पिसाब थैली भरिदा रक्तचापको मात्रा बढ्छ। पिसाब भरिएको अवस्थामा प्रेसर नाप्दा माथिल्लो १५ अंक र तल्लो १० अंकले बढ्ने सम्भावना छ। कहिलेकाहिँ तपाईंले घरमा सामान्य देखिने रक्तचापको तह चिकित्सककहाँ जाँदा उच्च हुन्छ। ह्वाईट कोट हाइपरटेन्सन अर्थात् चिकित्सककहाँ जाँदा तपाई नर्भस भएर त्यस्तो हुने हो। यो दीर्घकालिन रुपमा नै उच्च रक्तचापको लक्षण हो।

कुनै औषधि त खानु भएको छैनरु निश्चित औषधी जस्तै डिकन्जेस्टेन्ट, एम्फेटामाईन्स र स्टेरोइड प्रिडनिसोनले रक्तचाप बढाउँछ। तसर्थ परीक्षण गर्नु अगाडि आफूले खाएको औषधीको विवरण चिकित्सकलाई जानाकारी गराउनुपर्छ। ढाड सिधा बनाएर कुर्चिमा बस्नुहोस्। तपाईको दुबै खुट्टा सिधा तल भूइँमा टेक्नुहोस्। पाखुरा टेबुलमाथि राख्नुपर्छ। प्रेसर नाप्दा शान्त भएर बस्नुपर्छ। रक्तचाप नाप्दा बोल्यो भने तल्लो वा माथिल्लो नम्बर १० अंकले बढ्छ। – एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.