असार ८, नोम्पेन्ह । क्याम्बोडियामा सात तले भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ । आइतबार भएको सो घटनामा २४ जना घाइते भएका छन् ।
चिनियाँ कम्पनीको स्वामित्वमा रहेको सो भवन बन्दरगाह सहर सिकानोक्भील्लेमा निर्माणाधिन थियो । ४ जना व्यक्तिलाई सो घटनालाई लिएर पक्राउ गरिएको जनाइएको छ । सो जग्गाका क्याम्बोडियाका मालिकलाई समेत सोधपुछ गरिएको जनाइएको छ । करिब १ हजार मानिस सो घटनाको उद्धार कार्यमा खटिएका छन् । – बीबीसी

