अनेकौ खुसी भित्रको भिन्न एक खुसी

गायत्री घर्तिमगर
रोल्पा  ।

मसँग आत्मियता गाँस्न एक अपरिचित बालिका फेरि मेरो काखमा आएकी छिन् । जसरी मेरा सन्तान थिए । उनी एक चिरपरिचित बनेर टाँसिएकी छिन् । मसँग उनको अबोध अनुहार निश्चल हाँसो मीठो बोलीमा बितिरहेका छन् आजकाल उनका दिनहरू । मेरा पनि दिनहरू उनका यिनै बाल हर्रकतहरूले बिसाईरहेका छन् । मेरा दिलका घाउहरू अनि मेटाइरहेका छन् मेरा थकाइहरू ।

उनी मेरी छात्रा हुन् । उनी आफनो सुन्दर भविष्य निर्माण गर्न मेरो मन्दिरमा भित्रिएकी एक सुन्दर कोपिला हुन् । भोलि त पक्कै फक्रने छिन् । उनी र आफनो गन्तव्य पहिल्याउँदै मन्दिरमा निश्चितै रूपमा बाहिरिने छिन् । उनी त्यो पल कति भत्कन्छु होला भन्ने सोचेरै डराउँछु । म यी अवोध बालिकाले मसँग गजबको नाता साइनो लगाएकी छिन् । बोइ (मामाघरकी आमा) भनेर बोलाउँछिन् । मलाई मैले मत तिम्रो मीस पो हो त भन्दा होइन ‘तिमी त मेरो बोइ हो अरू हुन् मीस त’ भनेर भन्छिन् । उनको घरबाट फोन आउँछ । उनी झर्को र फर्को गर्छिन् । आफनो भाषामा बोल्दै मलाई खूब हँसाउ्रँछिन् । उनले आफना घर परिवारलाई हप्काउँछिन् र फोनबाट भन्छिन् धेरै किचकिच नगर्नु है । म बोइसँग खुसी छु । म त रोएकै छैन । म त आफनै माइतकी बोइसँग बसेकी छु । उनको भाषमा माइतको बोइ भनेको मामा घरकी हजुर आमासँगै छु । जे भने पनि किनिदिन्छन् खाने कुराहरू ।

यसरी सधैँ दिक्क गरेर फोन नगर्नु भन्छिन् । कति निश्चल माया ती गहिरो विश्वास उनको म प्रति यस्तै निश्चल यस्तै अवोध नाति नातिनी प्रवेश गर्छन् । प्रत्येक वर्ष मेरो जीवनमा र गहिरो आत्मियता गाँसिदिन्छन् । त्यसैले उनीहरूलाई विदाइ गर्दाका क्षण अत्यन्त कष्टकर बन्न पुग्छ म भकन्छु विदाइका क्षणहरूमा यिनै अवोध नाति नातिनीहरूको बोइ बनेर उनीहरूको उज्वल भविष्य निमार्ण गर्न सकू भनेर ईश्वरसँग कामना गर्दछु म । यिनीजस्तै हजारौँ छात्राहरू जो पढ्न नपाएर छटपटाएका छन् । तर उनलाई शिक्षा दिने सुअवसर आफूले पाएकोमा मलाई भिन्नै खुसी थपिएको छ । आज म एउटी शिक्षिका मात्र होइन उनकी बोइ बन्न पाएकीमा गर्व गर्छु ।

साभारः सहकार्य मासिक पत्रिका 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.