नेकपाकै सांसदले मागे मन्त्री महासेठको राजीनामा

असार ४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा मागेका छन् ।

मन्त्री महासेठले मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै सांसद थापाले मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका हुन् । योजना माग्दा मन्त्रीले हप्काएको भन्दै सांसद थापाले भने, ‘हामीले मन्त्रीलाई हेर्नै नहुने भयो। मन्त्री अब्बल दर्जाको जनप्रतिनिधि हुने भयो। योजना माग्दा मन्त्रीबाट हप्की खानुपर्ने भयो। महाराज मलाई नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो।’

मन्त्री महासेठ गृह जिल्ला धनुषामा मात्रै ७९ वटा योजना राखेको तथा पक्कि पुलका ५९ योजना राखेको भन्दै थापाले बाजुरा लगायत २० हिमाली जिल्लामा नयाँ पुलको योजना नपरेका बताए । थापाले भने, ‘१६५ निर्वाचन क्षेत्र छन् भन्ने हेक्का नगर्ने ? मन्त्री भएपछि आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित हुने ? मुलुकको मन्त्री हुन नसक्ने ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.