हेलम्बुको एकीकृत बस्ती निर्माण सम्पन्न

असार ४, चौतारा । पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तेम्वाथाङमा भूकम्पपीडितका लागि निर्माण गरिएको एकीकृत बस्तीको निर्माणकार्य सम्पन्न भएको छ ।

बुट्टेदार बुद्धको आकृति एवं ह्याल्मो संस्कृति झल्कने ‘नाम्दर गेसुम’ नामक प्राचीन झ्यालसमेत जडित नवनिर्मित ४० आवासगृहमा पीडित परिवार यसै सातादेखि बसोबास गर्न थालेको एकीकृत बस्ती केन्द्रका अध्यक्ष साङगे लामाले जानकारी दिनुभयो । अक्सफाम जिवी नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र जनहित ग्रामीण सेवा समितिको साझेदारी तथा गाउँपालिकाको समन्वय र तेम्वाथाङ एकीकृत बस्ती केन्द्रको सहभागितामा आठ महीनाअघि निर्माण शुरु गरिएको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताउनुभयो ।

ह्याल्मो संस्कृति झल्कने मेच्र्याकुमाको नमूनामा बनाउने नाम्दार गेसुम नामक प्राचीन झ्याल बनाउन २७ देखि ३५ दिन समय लागेको थियो । चार÷चार फिट लम्बाइ र चौडाइको एउटा झ्यालको मूल्य रु ८० हजार देखि रु एकलाख ५० हजारसम्म पर्दछ । त्यस्ता झ्याल प्रत्येक घरमा एक÷एक वटा राखिएको एकीकृत बस्ती केन्द्रका अध्यक्ष लामाले बताउनुभयो ।  उक्त एकीकृत बस्तीमा सडक, बत्ती, खानेपानी, उद्यान, सामुदायिक भवन, पर्यटकका लागि पाँच घरबासको पनि निर्माण गरिएको छ । त्यसैगरी त्यहाँ आउने पर्यटकलाई स्वच्छ तरकारी खुवाउने उद्देश्यले अग्र्यानिक फार्महाउसको समेत निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.