प्रारम्भ खबर ।
असार ३, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं. ४ उत्तरबाहिनीमा गैरकानुनी रुपमा बालुवा निकासी गरेको खुलासा भएको छ ।
उत्तरबाहिनी मन्दिर छेउमै बाग्मति नदीबाट बालुवा निकालि नगरबाट विनियोजीत बजेट समेत रहेको निर्माण कार्यमा प्रयोग गर्दै आईरहेको स्थानीयहरुको भनाई छ । गोकर्णेश्वर नगरपालिका अन्र्तगत योजनामा उपभोक्त समिति गठन गरी दुई योजनामा छुट्याएको बजेटबाट निर्माण कार्य हुने भनिए पनि स्थानीय र साँस्कृतिक धरोहर उत्तरबाहिनी मन्दिरलाई समेत असर पुग्ने गरी बालुवा निकासी गर्दा सम्बन्धित निकाय मौन रहेको बताउँदै आएका छन् ।
उत्तरबाहिनी मन्दिर व्यवस्थापन समितिले समेत उक्त क्षेत्रबाटै बालुवा निकाली निर्माण कार्य गरेको भन्दै उपभोक्त समितिवीच मिलोमतोमा बालुवा निकासी गरेको स्थानीयहरुको आरोप छ । मन्दिर व्यवस्थापन समिति रहँदा रहदै बाग्मति नदी र वरीपरी क्षति पुग्ने गरी गरिएको अवैधानिक कार्य नियन्त्रण नगर्नुमा अशांक गरेको छ । पर्खल तथा गुरुकुल निर्माणका लागि नगरबाटै बजेट विनियोजीत गरेपनि उपभोक्त समितिले सम्बन्धित निकायको अनुमतिविना गैरकानुनी ढंगले बालुवा निकासी गरिएको छ । रु. १५ लाख र अर्को २० लाख गरी दुई योजनामा निर्माण कार्य सम्पन्न हुने उक्त क्षेत्रमा बालुवा उत्खनन्ले मन्दिर क्षेत्रमा असर पुग्ने तथा बाग्मति नदीको पानी समेत प्रदूषण भईरहेको एक स्थानीयं युवाले नाम नखुलाउने शर्तमा प्रारम्भ खबरलाई जानकारी दिइएको छ । बालुवा निकाल्ने कार्यले उक्त क्षेत्रमा रहेको पुल भासिने खतरा रहेको उनले बताए ।

बाग्मति नदीको सफाई तथा संरक्षणका लागि राज्यले अर्वौ खर्च गरिएको बेला अवैध रुपमा बालुवा निकाल्दा राज्यलाई प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने तथा बाग्मतिको वातावरण विग्रिने स्थानीयहरुको भनाई छ । नगर बजेटबाटै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि उपभोक्त समितिको आर्थिक फाईदा र स्वार्थका कारण निःशुल्क रुपमा बालुवा निकासी गर्दा राज्य प्रशासन तथा वडा कार्यालयले कारवाही नगरिएको स्थानीयहरुको आरोप छ ।

