भाइरल सङ्क्रमणबाट एक सय बालबालिकाको मृत्यु

असार ०३, एजेन्सी । भारतको बिहार राज्यमा भाइरल सङ्क्रमणका कारण एक सय बालबालिकाको ज्यान गएको छ ।

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएका भाइरसका कारण बालबालिकाको मृत्यु भएको हो । अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण बालबालिकाको मृत्यु भएको बताइएको छ । बिहारको मुजफ्फरपुर शहरमा गत १५ दिनमा मस्तिष्क ज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुने कारणले बालबालिका सो रोगको चपेटामा पर्न सक्ने विशेषज्ञको भनाई छ । सन २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.