त्रिवि सेवा आयोगमा तालाबन्दी

असार २, काठमाडौँ। नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आयोगले लिएको परीक्षाको नजिता खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्र्घष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशित गरिएको नजिता स्थगित गर्न माग गरेका थियौँ तर परीक्षा स्थगित नगरी अन्तर्वाता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’’ यसअघि क्रान्तिकारीले जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी र जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशनसमेत बसिरहेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.