असर १, काठमाडौँ ।जुम ब्यूटी एकेडेमी तथा मेकअप स्टुडियोको छैटो ब्रन्चको रुपमा राजधानीको तिनकुनेमा शुराम्भ गरेको छ । तिनकुनेको न्यौपाने टावरमा शनिवार नयाँ कार्यालयको उद्घाटन गर्दै उक्त कम्पनीबाट दिइने सेवाको बारेमा समेत चर्चा गरेका छन् ।
उद्घाटनकै दिन २० जना प्रशिक्षार्थीहरु समेत भर्ना भएको छ । मुख्य कार्यालय कुपण्डोल रहेको त्यस कम्पनीको ब्रन्चहरु बौद्ध, महाराजगंज, कलंकी, भक्तपुर र तिनकुनेमा समेत सञ्चालनमा ल्याएको छ । बेरोजगार युवायुवतीहरु तथा विद्यार्थीहरुलाई सेवा तथा तालिम प्रदान गर्दै आएको ब्यूटि एकेडेमीले आफ्नो छोटो समयमै ६ वटा शाखा विस्तार गर्न सफल भएको सञ्चालिका जुनु चक्रधारले बताईन् ।

नयाँ शाखाको विस्तारले थप सेवा सुविधासहित सञ्चालनमा ल्याएको कार्यालयबाट विभिन्न कलात्मक तथा सिर्जनात्मक तालिम दिई युवाहरुलाई स्वारोजगार बनाउन थप साथ मिल्ने अर्का सञ्चालक कृशप तन्डुकारले दावी गरेका छन् । विशेष दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट आर्ट जान्दै नजान्नेलाई १५ दिनमा मेहन्दी तथा ३ दिनमा नेल आट गर्न सक्ने तालिम समेत प्रदान गर्ने सञ्चालकहरुले जनाए । विदेश जानेहरुका लागि निःशुल्क परामर्शा गरिनुकै साथै विदेश जानेहरु तथा ब्युटिसियानहरुका लागि विशेष प्याकेजको कक्षाहरुको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

