विमानस्थलमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खाेज्ने २ जना पक्राउ

असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता बताइएकाे छ ।

आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुई कार्यकर्ता पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार प्रकाउ पर्नेमा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अन्य एक कार्यकर्ता रहेका छन ।

भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विवादमा रहेको गुठी विधेयकमा कमजोरी देखिए सच्याउने आश्वासन दिनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.