असार १, काठमाडाैँ । युरोपेली ३ देशकाे साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुभएकाे छ ।
अन्तरर्राष्ट्रिय श्रम संगठनकाे शतवार्षिकी समाराेहमा सहभागी हुन गत शनिबार स्वीट्जरल्यान्डको जेनेभातर्फ लाग्नभएका प्रधानमन्त्री ओली आज बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएकाे हाे ।
उहाँकाे स्वदेश फिर्तीका क्रममा स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पाेखरेलकाे टाेली विमानस्थलमै पुगेका थियाे । स्वीट्जरल्याण्डबाट बेलायत हुँदै फ्रान्स र त्यहाँबाट पुनः जेनेभा फर्किनुभएका प्रधानमन्त्री ओली शनिबार बेलुका नै त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएकाे थियाे ।
प्रधानमन्त्री ओलीले बेलायत भ्रमणका क्रममा समकक्षी टेरेजा मे र बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले फ्रान्सेली समकक्षीे फिलिपेसँग पनि भेटवार्ता गर्नुभएको थियाे ।

