सरकार ढाल्ने चेतावनी दिँदै वसन्तपुरमा बृहत् प्रदर्शन र धर्ना

जेठ ३२, काठमाडाैँ । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत प्रदर्शन भएको छ ।

ज्यापु महागुथी नेपाः को आह्वानमा बसन्तपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले गुठी विधेयकले धर्म संस्कृति र परम्परामाथि प्रहार हुने भन्दै फिर्ता लिनुपर्ने माग गरेका छन ।

त्यसैगरी गुठी विधेयक २०७५ खारेजी अभियानले गुठी विधेयक खारेजीको माग गर्दै एक घण्टा धर्नासमेत दीएको छ । उनीहरुले सरकार जनविरोधी गतिविधिमा संलग्न भएको, गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषणमा लागेको र भूमाफियाको बचाउ गरेको भन्दै विधेयक फिर्ता नगरे सरकार ढाल्नेसमेत चेतावनी दिएका छन ।

वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो । धर्ना कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशी, नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सर्वसाधरणहरुको सहभागिता जनाएका थिए ।

‘विधेयक नबुझ्दा विरोध’ – सांसद सुवाल

यसैबीच प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी बिधेयकको बिरोध गर्नुको कुनै औचित्य नरहेको बताउनु भएको छ ।

भक्तपुर उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सांसद सुवालले बिधेयकको पूर्ण अध्ययन बिना नै यसको विरोध भइरहेको बताउनुभएको हो । बिधेयकमा केही बुँदामा समस्या देखिको बताउँदै गुठीको स्रोत ब्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिनु पर्नेमा उहाँको जोड थियो ।

दैविक सिद्धान्तलाई आत्मासाथ गर्नेहरुले मात्र यसको बिरोध गरेको र बैज्ञानिक सोचलाई आत्मासाथ गर्ने हो भने गुठी बिधेयकको बिरोध गर्नु पर्ने अवस्था नदेखिएको उहाँको तर्क छ । राज गुठी, सार्वजनिक गुठी र छुट गुठीलाई मात्र सरकारले नियन्त्रण गर्नको लागि बिधेयक ल्याइएको उहाँको भनाइ थियो ।

जसरी निजी जग्गाको भोग चलनमा मोहीयानी हक लाग्छ त्यसै गरि गुठीको जग्गामा पनि मोहीयानी हक लाग्ने भएकाले यसको बारेमा बिरोध गर्नु पर्ने अवस्था नआएको सांसद सुवालको दावी थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.