मुख्य बजारकाे बीच सडकमै भ्वाङ पर्‍याे

जेठ ३२, पोखरा । पोखरा महानगरपालिकाकाे मुख्य बजारकाे सडक भासिएको छ । पोखरा–४ चिप्लेढुंगा चोकको बीच चाेक सडकमा शनिबार बिहान भ्वाङ परेकाे हो ।

सवारी आवतजावत गर्ने क्रममा सो सडक एक्कासि यो अवस्थामा देखा परेको हाे । सडक माथि करिब आधा मिटर भ्वाङ परेकाे देखिएकाे छ । भित्र बढी भासिएको हुनसक्ने स्थानीयकाे अनुमान छ । लगातारको बर्षाका कारण सडकमा भ्वाङ परेको हुन सक्ने स्थानीयहरुले बताएका छन । यस भन्दा अगाडि पनि पोखराका बिभिन्न स्थानमा भ्वाङ पर्ने गरेको थियो ।

अहिले उक्त सडकमा प्वाल परेको छेउबाट सवारी संचालन गरिएको छ । शुक्रबार यो क्षेत्रमा ठूलो वर्षा भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.