लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु

जेठ ३१, एजेन्सी । भारतमा धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको हाे ।

स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन ।

‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिची त्यस्तो प्रकारको रसायन हुन्छ। लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने,‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो। बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो। तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ। लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन्।’

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए।

मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए। बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.