जेठ ३०, बझाङ । जयपृथ्वी नगरपालिका – ७ मा मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा सवार एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन ।
से १ ब ११७७ नम्बरको जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना भएको हो । उक्त दुर्घटनामा वडा सदस्य नरेश महरको मृत्यु भएको बताइएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा महरको ज्यान गएको हो ।
मोटरसाइकलको पछाडि रहेका वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका हुन । घाइते अध्यक्षलाई उपचारका लागि काठमाडाैँ ल्याउदैछन ।

