जेठ २९, दार्चुला । दार्चुलाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको घट्ना स्थलमै मृत्यु भएको छ ।
मंगलबार ४ बजे तिर विद्यालयको चौरमा खेली रहेको अवस्थामा नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी बस्ने माने ठगुन्नाको ७ वर्षिय छोरी निरुता ठगुन्ना, सोही ठाउँ बस्ने कृष्ण धामीकी १० वर्षिय छोरी अनुष्का धामी, मानसिंह ठगुन्नाकी ५ वर्षिय छोरी युनिका ठगुन्ना र सोही बस्ने जनक सिंह धामीको ८ वर्षिय छोरा सुदिश धामी सौचालयको टंकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक हिक्मत बोहराले जानकारी दिएका छन ।
घट्ना बारे प्रहरी चौकी सिप्टी र ईलाका प्रहरी चौकी गोकुलेश्वरले थप अनुसन्धान गरिरहेको छ ।

