निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

जेठ २८, काठमाडौं । सार्वजनिक खरिद नियमावालीको विरोध गर्दै आएका निर्माण व्यवसायी महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

सरकारले नियमावली माग अनुरुप संशोधन गर्ने प्रतिबद्धतापछि महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सार्वजनिक खरिद ऐन संशोधनको बेला सम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेपछि आन्दोलन स्थगित गरेको जनाएको हो । यस्तै, महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको व्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

महासंघले भुक्तानी गर्न बाँकी रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कालो सूचिमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिने लगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.