वडामा पदाधिकारीको आफुखुसी योजना छनौट

जेठ २८, थाहानगर । उत्तरी मकवानपुर थाहा नगरपालिकाको वडाहरुमा आर्थिक बर्ष २०७६÷७७ को विकास बजेट योजना छनौट कार्यक्रम चलिरहेको बेला वडा नं. ३ ले भने आफुखुसी योजना बनाई नगरमा पेश गरेको छ । टोल तथा वस्ती भेला नै नगराइ एकतर्फी ढङ्गगले जननिर्वाचित पदाधिकारीका सदस्यहरुले नगरपालिकालाई बुझाइएको प्रति स्थानीयहरुले खेद प्रकट गरेका छन् ।

कार्यविधिकै ठाडो उल्लङ्घन गरी वडाले आफुखुसी योजना बनाई नगरपालिकामा बुझाएको छ । सिंगो वडाको विकासका पूर्वाधारहरुको अध्ययन र अनुगमन सहित वडा भेला गरी विकास योजना छनौट गर्ने कार्यविधिमा स्पस्ट रहेता पनि वडा नम्बर ३ को कार्यालयले भेला नगराइ योजना छनौट गरि पठाइसकेको छ । वडाको योजना बारे जनप्रतिनिधिहरुलाइ प्रस्न गर्दा वडा अध्यक्ष राजेस केसिले “यसपाली भ्याइएन, योजनाहरु वडा सदस्यहरुले छानेर ल्याएका छन् ” भनेर गैरजिम्मेवारीपूर्ण तरिकाले जवाफ दिए । त्यसै गरि वडा सदस्य कविता कार्किले “भेला गरायो भने विवाद हुन्छ भनेर हामिले कुनै भेला नगराइकन योजना छनौट गरिदिएको ” भनी जवाफ दिईन् । त्यस्तै वडा सचिब पाल्साङ्ग लामाले पनि जनप्रतिनिधिको अनुसार हामी चलेका हौ भन्ने जवाफ दिएका छन् । अहिले सम्बन्धित वडाका बिद्दिजिवी सरोकारवालाहरुले त्यस बिषयमा आफुहरु असन्तुष्ट रहेको बताएका छन्।

छलफल र आत्मलोचनाको सामाना गर्न नसकेर योजना छनौटमा भेला बोलाउन नसकिएकोमा जनप्रतिनिधिहरुमाथी प्रश्न खडा भएको स्थानीयहरु बताउँछन् । वडाको आवश्यकता बुझ्न नचाहाने जनप्रतिनिधिले जनताको मर्म विपरीत काम गर्न थालेको भन्दै त्यसप्रति सरोकारवालाहरु सचेत हुनुपर्ने बुद्धिजीवीहरुको भनाई छ । वडा नं. ३ बाहेक नगरपालिकाका अन्य वडा कार्यालयमा भने टोल, वस्ती भेलाको तयारी भैरहेको छ । ३ न.. वडाले पनि टोल, बस्ती भेला गरी योजना छनोट कार्यलाई पारदर्शी र जवाफदेहिता गर्न स्थानीयको माग रहेको छ ।

वडा अध्यक्ष राजेस केसि

 

थाहा अभियान्ता स्व. रुपचन्द्र बिस्टको नामले प्रख्यात क्षेत्र सबैको पहुचमा सुचनाको हक लागू हुनुपर्ने र सुचना पाउनुपर्ने अधिकारबाट बञ्चित नपार्न समेत आग्रह गरेका छन् । स्व. रुपचन्द्र बिस्टले आफ्नोजीवनकालभरी थाहा अभियानलाई जोड दिएका थिए । समय अन्तरालसङ्गै साबिक दामन, पालुङ्ग, आग्रा, चित्लाङ्ग, टिस्टुङ्ग र बज्रबाराही गाउबिकास समिति नगरपालिका हुँदै गर्दा नगरपालिकाको नाम पनि उनै रुपचन्द्र बिस्टको अभियान “थाहा” जोडि थाहा नगरपालिका भनी नामाकरण गरिएको हो । नगरपालिकाको वडा नम्बर ३ जुन उनै रुपचन्द्र बिस्टको जन्म थलो पनि हो र सो कार्यलयको प्राङ्गणमा उनैको सालिक पनि उभ्याइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.