जेठ २८, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ । उनी सोमवार बेलुका फ्युज मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेका थिए । मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

