जेठ २८, जाजरकोट । सोमबार बिहान वन लसुन खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका ३ जनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका –५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथिबहादुर बस्नेतको मृत्यु भएको हो ।
एक प्रकारको जडीबुटी मानिने वन लसुन खाेज्न गएका उनीहरूकाे बारेकोट–४ स्थित कराइचुला लेकमा भीरबाट खसेर मृत्यु भएकाे हाे । वन लसुनको बिक्रीबाट आम्दानी हुने भएपछि जोखिम मोलेर लेकतिर जाने गरेको स्थानीयले जनाएका छन ।
वन लसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। महँगोमा बिक्री हुने भएकाले वन लसुन संकलनमा स्थानीयको आकर्षण बढेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए।
बारेकोटमा एक साता अवधिमा भीरबाट लडेर चार र यार्सा संकलन क्रममा लेक लागेर दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

