जेठ २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन ।
प्रतिनिधि सभामा कांग्रेसको अवरोधपछि सूचना टाँसेर भोलीसम्मका लागि बैठक रोकिएको हो ।

