जेठ २७, ललितपुर । ललितपुरको एकान्तकुनामा एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार ८ बजे बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु हुनेमा कृष्णवीर नकर्मी रहेका छन ।
काठमाडौंको स्वयम्भू घर भई ललितपुरको ग्वार्को बस्ने ४५ वर्षीय कृष्णवीर ठक्करपछि गम्भिर घाइते भएका थिए । उनले उपचारका क्रममा बीएण्डबी अस्पतालमा ज्यान गुमाएका हुन ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

