ललितपुरमा आमाछोरी झुण्डिएर आत्महत्या

जेठ २३, ललितपुर ।  ललितपुरको महाङ्काल गाउँपालिका– बतासेडाँडामा बुधबार मुगु जिल्ला घर भएका २१ महीने छोरी राधिकासहित २९ वर्षीया आमा जानुका शर्माले दलिनमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

“मुगुका अन्य व्यक्तिसहित यी महिला पनि ज्यालादारीको काम गर्थिन् । हिजो मध्याह्न १२ बजेसम्म काम गरिरहेकी शर्मा साँझमा देखा नपरेपछि अन्य साथीले खोजी गर्दा ढोका लगाएर बसेको थाहा पाएछन्”, महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले भन्नुभयो, “कोठाभित्र पूजा गरेर कोरीबाटी गरी राम्री भएर पहिला छोरीलाई झुण्डाएपछि आफू झुण्डिएको अनुमान गरियो ।” उहाँले दुई महीना अघि पत्नी र छोरीलाई छाडेर पति के कारणले घर गएका रहेछन् थाहा भएन बताउनुभयो ।

असोजबाट पतिसहित यी आमाछोरी बतासेडाँडाका प्रेमप्रसाद घिमिरेको घरमा भाडा गरी बस्दै आएको महानगरीय प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले बताउनुभयो । आज बिहान शवपरीक्षणका लागि चापागाउँ ल्याइएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक राजकुमार खिउँजुले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.