बजारमा बिषादीयुक्त भारतीय आँप

जेठ २३, काठमाडाैं । वीरगन्ज । विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप वीरगन्जको बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो ।

वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदुर गुप्ताले भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप विषादीयुक्त रहेको बताएका छन । भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन्। भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको उनले बताए ।

नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले यसरी विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने हुँदा प्रयोग नगर्न सुझावसमेत दिएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.