जेठ २२, विराटनगर । विराटनगरका मुस्लिम समुदायहरूले बुधबार मुलुकमा शान्ति र स्थायित्वको कामना गर्दै इद पर्व मनाएका छन ।
उनीहरूले स्थानीय मस्जिद र इदगाहमा भेला भई इदको ‘नमाज’ पढे । इद पर्वको उपलक्ष्यमा उनीहरूले वर्षको भरीको रिस, राग र द्वैषको अन्त्य गर्दै आपसमा गला मिलेर भातृत्वको कामना समेत गरेका छन ।
एक महिना लामो रम्जानको कठोर व्रत लिएपछिको भोलिपल्ट चन्द्रमा हेरेपछि मुस्लिम समुदायले इद पर्व मनाउने गर्छन । इद पर्व खुसीयालीको पर्व भएकाले आपसमा शुभकामना साटासाट गर्नुका साथै एकअर्कालाई मिठो खाना ख्वाउने चलन रहेको छ ।

