मेलम्ची आउन अझै १५ महिना लाग्ने

जेठ २२, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम थालनी भएको लगभग २१ वर्ष पूरा भईसकेको छ । मेलम्चीको पानी काठमाडौं ल्याएर राजधानीका बासिन्दाहरुलाई खानेपानीको प्रबन्ध मिलाउने सोचकासाथ आर्थिक बर्ष २०५५।५६ बाट यो आयोजनाको काम थालनी गरिएको थियो ।

२१ वर्षको समयअवधिभित्र विभिन्न सरकार परिवर्तन भए । विभिन्न सरकारका मन्त्रीहरुले चाँडै आयोजनाको काम सकेर काठमाडौंमा पानी झार्ने आस्वशन देखाए । तर दुई दशक बित्दा पनि काठमाडौंबासीको मेलम्चीको पानी खाने मनोकाङ्क्षा पूरा हुन सकेकाे छैन । सरकारले यो आयोजनाका लागि पटक पटक गरेर हालसम्म झण्डै ४ आर्ब खर्च गरीसकेको छ ।

वर्तमान खानेपानीमन्त्री विना मगरले गएको वर्षकै दशै- तिहार पछि मेलम्चीको पानी काठमाडौं झार्ने प्रतिबद्धता व्यक्त गरेकी गर्नुभएकाे थियाे। तर मन्त्री मगरले त्यो प्रतिबद्धता पूरा गर्न सक्नुभएन । त्यसपछि पुनः पुस महिनासम्म भाका सारिएको थियो । तर गत २९ मंसिरमा नै निर्माणको ठेक्का पाएको इटालियन कम्पनी (सिएमसी)ले विभिन्न कारण देखाउँदै आयोजनाको काम बीचमै छाडेर गएपछि आयोजना अलपत्र परे ।

सिएसमीले २ पुसमा काम नसक्ने भन्दै आयोजनालाई ठेक्का रद्द गर्न पत्र बुझाएको थियो । यद्यपि खोलामा बाँध बाँध्नेलगायतका अन्य केही काम बाँकी रहेकाे हुनाले आयोजनाको काम १० प्रतिशत मात्रै बाँकी रहेको बताइएको छ । सरकारले बाँकी काम पुरा गर्नका लागि पुनः १५ महिनाको समयअवधि राखेर टेन्डर आश्वान गरेको छ । यसअर्थमा हेर्दा मेलम्चीको पानी काठमाडौं आउन डेढ वर्ष भन्दा बढी समय लाग्ने देखिन्छ ।

मेलम्ची विकास समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणमा २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति इन्भर्ट कन्क्रिटुको काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शफ्टको काम बाँकी रहेको छ।

यसका लागि सरकारले आर्थिक वर्ष ०७६।०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेर सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । तर टेन्डर प्रक्रिया सकिने बित्तिकै काम सुरु गरिएपनि आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून रहेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.