पूर्वलडाकु निर्मलाको विजोग

जेठ २२, काठमाडौं । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन ।

उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन । त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन ।छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन ।

‘आमा सधैँ भुँइमा नांगै सुत्नुहुन्छ । सुत्ने लुगा पनि छैन । जाडोमा पनि यस्तै हो ।’ आमालाई हेर्दै जीवले भने, ‘सानो छु केही गर्न सक्दिनँ । छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.