जेठ २२, कालिकोट। कालिकोटको जनता माध्यमिक विद्यथालय रामाकोट, खार्दुका प्रधानाध्यापकले लाखौं रकम हिनामिना गरेको सार्वजनिक भएको छ । प्रधानाध्यापक जयलाल न्यौपानेले विद्यालयका हरेक काममा रकम हिनामिना गरेको खुलेको गरेरमिति २०७० देखि ०७२ सम्म १७ लाख ६ हजार ७ सय ३१ रुपैँया अनियमितता गरेको सार्वजनिक भएको हो ।
खस्कदो शिक्षा व्यवस्थाकाबीच कालिकोट जस्तो विकट जिल्लामा शिक्षा अवस्था उकास्नतिर नभएर प्रधानाध्यापक नै स्कुलको पैँसा हडप्नतिर लागेको देखिएको छ । विद्यार्थीहरुले उचित किसिमको शिक्षा नपाइरहेको बेला प्रधानाध्यापक भने स्कुलकै आयस्रोत हिनामिना गर्नतिर लागेपछि शिक्षा अवस्थानै लथालिंग नहोला भन्न सकिन्न ।
शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा तथा भवन निर्माणको ज्यामीको ज्याला लगायतकाकामकार्यमा अनियमितता गर्दै सो रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खुलासा गरेको हो ।
अख्तियारका अनुसार १७ लाख १७ लाख ६ हजार ७ सय ३१ रुपैँया मध्ये उनले ८ लाख भन्दा बढि हिनामिना गरेको र बाँकि हुन आउने ९ लाख विद्यालयकै खातामा रहेको छ । अनियमितता गर्ने प्रधानध्यापकलाई कारवाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

