मुस्लिम समुदायको ‘इद उल फित्र’को अवसरमा बुधबार सार्वजनिक बिदा

जेठ २१, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो।

चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको औपचारिक जानकारी गराएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.