मालपाेतबाहिर पसलेकाे रजाइँ, पार्किङ अभावले सेवाग्राही मर्कामा

जेठ २१, गुलरिया । बर्दिया जिल्लाकाे गुलरियास्थित मालपाेत कार्यालय परिसरमा अवैध पसलहरू सञ्चालन गरिएका छन । परिसरमा पार्किङका लागि स्थान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन ।

जिल्ला मालपाेत कार्यालयबाहिर अन्धाधुन्ध रूपमा अाधा दर्जनबढी पसल सञ्चालमा रहेका छन । यसकारण सर्व-साधारण मर्कामा परेका छन । कार्यालयमा दैनिक जसाे सयाैँकाे संख्यामा सर्वसाधारण सेवाग्राहीहरू अाउने गरेकाे र उनीहरूले सवारी साधन पार्किङ गर्ने स्थानसमेत नभएका कारण सेवा लिन कठिनाई भएकाे छ । सेवाग्राही रामकुमार चाैधरिले भने, ‘हामी सेवा लिन अाएका छाैँ, तर सवारीसाधन पार्किग गर्ने ठाउँ छैन । हुलाकी सडकले चार लेन बनाउन सडक किनाराका इँटासमेत निकालेकाे छ । गेट बाहिर पसल सञ्चालककाे रजाइँ छ । हामीलाई सेवा लिनै कठिन भाे ।’

यसबारेमा सर्वसाधारणले दिनहुँ गुनासाे गर्ने गरेका छन । उता मालपाेत कार्यालयअगाडि पसलहरू सञ्चालनमा रहेकाे र सर्वसाधारण सेवाग्राहीलाई मर्का परेकाे भनी बुझ्दा जिल्ला मालपाेत कार्यालय बर्दियाका मालपाेत अधिकृत बिक्रम गिरीले तत्काल गेटबाहिरका पसलहरू हटाउने र पर्किङकाे ब्यवस्था मिलाउने बताउनुभयाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.