नेकपाको सचिवालय बैठक आज बस्दैः बैठक कार्यविभाजनसंग केन्द्रित हुने

जेठ २१, काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठक नेताहरुको कार्यविभाजनसंग केन्द्रित हुने भएको छ।

तर, एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा नेकपाले विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन। संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ। विशेष गरी संगठन विभागका लागि सचिवालयका सदस्यहरू नै आकांक्षी भएपछि भागबन्डा मिलाउन नेतृत्वलाई सकस भएको हो।

यसै बिषयमा छलफल गर्न अहिले पार्टीका चार शिर्ष नेताहरुको बैठक बसिरहेको छ। बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी बैठकमा नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी छन्। गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.