सगरमाथामा भीडसँगै बढ्यो दुर्घटना

जेठ २०, काठमाडौं । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ। सन २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ। यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ।

यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन्। सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ। कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.